डा. बलराम न्यौपानेमाथि गम्भीर आरोप, एउटै घाउ सफा गरेको ५० हजार !

 डा. बलराम न्यौपानेमाथि गम्भीर आरोप, एउटै घाउ सफा गरेको ५० हजार !

कठमाडौं । रुपन्देही जिल्लाको मणिग्राममा अवस्थित क्रिमशन अस्पतालका न्यूरो शल्यचिकित्सक हुन् डा. बलराम न्यौपाने । पछिल्लो चरणमा उनले गरेका उपचारमाथि प्रश्नहरु उठ्न थालेका छन । उनले हेरेका केही ‘केश’ हरु पनि विवादित बनेका छन् । पछिल्लो पटक झिल्को डट कम र समयबद्ध साप्ताहिकले ती समाचाहरु प्रकाशन / प्रसारण र फलोअप गर्न थालेपछि क्रिमशन अस्पताल प्रशासन र न्यूरो सर्जनहरुको संस्थानेपाल न्यूरो सर्जन समाजले विज्ञप्ति जारी गरेका छन् ।

तर विरामीका आफन्तहरु डा. न्यौपानेले बढी रकम लिएको र गलत उपचार गर्ने गरेको गुनासो गर्दै मिडियासम्म आइपुगेका छन् ।

डा. न्यौपानेले सामान्य घटनालाई पनि ठुलो बनाएर विरामीसँग रकम लिने गरेको उनीहरुको गुनासो छ । नेपालमा सामान्य अपरेशनको तथा घाउ सफा गरेको कहीँ पनि ५० हजार रुपौयाँ लिने गरिएको छैन । तर डा. न्यौपानेले सामान्य विरामीको उपचार गर्दा पनि प्रति विरामी ५० हजार रुपैयाँ शुल्क लिएका करीब पाँच वटा प्रमाणहरु (विल) समयबद्ध साप्ताहिक र भिल्को डट कम लाई प्राप्त भएको छ ।

पिडति बिरामीका आफन्तहरुले हामीलाई उपलब्ध गराएको प्रमाण अनुसार ती प्रमाणहरुमा डा. बलराम न्यौपानेले अस्ताक्षर गरी जनही ५० हजारका दरले रकम असुलेको देखिन्छ ।
पिडित बिरामीहरु प्रेम बहादुर कुमाल वर्ष २९ मिति २०७६/०७/११, भुपेन्द्र कुमार वर्ष ३९ मिति २०७६/०७/११, किरण क्षेत्री वर्ष ३५ मिति २०७६/०७ /१२, सुदिप थारु वर्ष १८ मिति २०७६/०७ /१४, केशबहादुर नेपाली वर्ष ६३ मिति २०७६/०८/०३ गतेको बिलमा टाउकाको सामान्य सिलाई र घाउ सफा गरेको जनही ५० हजारका दरले रकम लिएको तथ्य फेला परेको छ । अन्य बिरामीहरु पनि झिल्कोको सम्पर्कमा रहेका छन् । 

सामान्य बिलमा रकम उल्लेख गरी तल हस्ताक्षर गरेका डा. न्यौपानेले सबै बिरामीसँग एकै प्रकारले रकम लिने गरेको देखिन्छ । ‘टाउकोको अपरेश गर्दा नेपालकै महङ्गो अस्पताल नर्भिकमा डा. वसन्त पन्तले पनि १५ हजार शुल्क लिने गरेका थिए । वीर अस्पतालमा यस्तो उपचारको १२ सय रुपैयाँ लिने गरेको पाइन्छ । तर डा. न्यौपानेले अस्पतालको रसिद प्याडमै सामान्य उपचारको पनि ५० हजार लिने गरेका छन ।’ विरामीका एक आफन्तले भने । तर स्वस्थ्य सेवा नियमावलीमा टाउको खालेरै अपरेशन गरेको केशमा अधिकतम ३५ हजार भन्दा बढी रकक लिन पाईँदैन । डा. न्यौपानेले स्वास्थ्य क्षेत्रका नियम कानुन मिचेर रकम असुल्ने गरेको प्रस्टै हुन्छ ।

घटना पनि घटेको थियो 

वुटवल क्षेत्रका चर्चित चिकित्सक डा. न्यौपानेले बढी रकम लिए पनि धेरैको उपचार गरेका छन् । तर उनले गरेको उपचारकै कारण ठुलो विवाद समेत भएको थियो । केही दिन अगाडि क्रिमसन अस्पतालमा तिलोत्तमा ७ का शुकवहादुर रानाको मृत्युको घटनाले ठुलो रुप लिएको थियो । डा. न्यौपानेले गलत उपचार गरेको भन्दै विरामीका आफन्तहरु आक्रोसित भएका थिए ।

अस्पतालले गल्ती भएको स्वीकार गरी मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च फिर्ता गर्ने निर्णय समेत गरेको थियो । उच्च रक्तचापका विरामी शुकबहादुर राना शरिरमा समस्या भएपछि घर नजिकैको क्रिमशन अस्पतालमा आफन्तकासाथ पुगे । सिटि स्क्यान गर्दा उनकोे टाउकाको पछाडि पट्टिको भागमा केही रगतको दाग देखिनुकासाथै पानीको चाप बढेको देखियो । उनलाई डा. न्यौपानेले सामान्य समस्या भएकाले अन्यत्र लानु नपर्ने र यस्तो समस्या आफैले समाधान गर्ने र गर्दे आएको बताएर बिरामीको टाउकोमा जमेको पानी र रगतलाई प्वाल पारेर पाइपको माध्यमद्वारा  बाहिर निकाल्न अपरेश गरे । उनले गर्न खोजेको कार्यमा उनी सफल भएनन र तुरुन्तै उनले टाउको ‘क्लोज’ गर्दा रगतका नसाहरु भने बन्द गर्न नैं सकेनन । टाउकामा आन्तरिक रगत प्रवाह ‘इन्टरनल ब्लिडिङ’ भयो र शुकबहादुरको मृत्यु भयो । यो घटनाले ठुलो रुप लिएपछि विवाद मिलान गरियो । तर त्यसपछि डा. न्यौपानेको उपचारबाट पीडित भनिएकाहरु सार्वजनिक रुपमा बोल्न थाले । 

यो पनि पढ्नुहोस्

स्वास्थ्य/जीवनशैली बुटवलमा डा. बलरामको आतङ्कः टाउको चिर्दै 'रिफर' गर्दै ...

डा. न्यौपाने पैसामुखी भएको आरोप

डा. न्यौपानेले उपचार गरेर केही विरामी सन्चो पनि भएका छन् । तर उनीमाथि पैसामुखी भएको आरोप भने सबै बिरामीका आफन्तले लगाउने गरेका छन् । सामान्यतया बिमारीलाई अन्यत्र ‘रिफर’ गर्ने भनेको आफुले गर्न नसक्ने शल्यक्रियाका बिरामीहरुलाई हातै नहाली आफु भन्दा जान्ने शल्यचिकित्सक र प्रविधियुक्त अस्पतालमा जानका लागि सल्लाह दिने कार्य हो ।

तर, डा. न्यौपाने असम्भव जस्तो देखिने केसमा पनि आफैँ हात हाल्ने र ठुलो रकम लिन तल्लिनरत रहने गरेको आरोप लाग्ने गरेको छ । समयबद्ध साप्ताहिकलाई प्राप्त बिलले पनि सोही कुरा पुष्टि गर्दछ । बङ्गलादेशबाट न्युरो शल्यचिकित्सा अध्ययन गरेर आएका डा. न्यौपानेले बढी रकम लिने गरेको गुनासो सर्बत्र उठन थालेको छ । उनको बिषयमा धेरै समाचार माध्यमले समाचार समेत प्रकाशित गरेका छन । अस्पताल प्रशासन र डा. न्यौपाने बिगतमा भएका गलत कामको बारेमा उठेका प्रश्नको सही जबाफ दिनपटि लागेको देखिँदैन । 

डा. बलरामले रिफर गरेका अर्का बिरामी भेटिए

डा. बलराम न्यौपानेले केश बिगारेर ‘रिफर’ गरेका बिरामी धामाधम फेला पर्न थालेका छन् । सञ्चार माध्यममा समाचारहरु प्रकाशित हुन थालेपछि काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत गुल्मीका एक बिरामी हाम्रो सम्पर्कमा आएका हुन् । ती बिरामीको 'केश' न्यूरो समाज सेन्टरका महासचिव डा. राजीव झाले हेरिरहेका छन् । 

क्रिमशनका मृर्गौलाको डाक्टरबिनै उपचार

क्रिमशन अस्पतालमा बिगत दुई वर्षदेखि मृर्गौला रोग विशेषज्ञ नराखिकनै मृर्गौला रोगको उपचार र डायलाइसिस हुँदै आएको तथ्य फेला परेको छ । जानकारहरुका अनुसार यसरी विशेषज्ञ नै नराखि रोगको उपचार गर्नै मिल्दैन । समयबद्ध साप्ताहिकबाट