मेडिकल काउन्सिलका अध्यक्षमा डा. भगवान कोइराला  

मेडिकल काउन्सिलका अध्यक्षमा डा. भगवान कोइराला  

सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा डा कोइरालालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रा डा कोइराला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वकार्यकारी निर्देशक हुन् । 

उनी चिकित्सा शिक्षाका एक अभियानकर्मीसमेत मानिनुहुन्छ । काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । प्रा डा बाँस्कोटा आजै त्रिविको उपकुलपतिमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक गरिने भएकाले बैठकमा निर्णयबारे आधिकारिक जानकारी दिइएको छैन ।