त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

काठमाडौँ, १७ कात्तिक । आज बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ। नियुक्ति भएसँगै उनी त्रिविको त्रिविको १९ औं उपकुलपति बनेका छन् ।

बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ डाक्टर हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन् ।