बहुजातीय र बहुधार्मिक संरचनाको आधारमा देश  निर्माण गर्न मोदीको काश्मिर पहलले सकारात्मक सन्देश दिन्छ र ?

बहुजातीय र बहुधार्मिक संरचनाको आधारमा देश  निर्माण गर्न मोदीको काश्मिर पहलले सकारात्मक सन्देश दिन्छ र ?

सन् १९४७मा स्वतन्त्र भएको भारतले विगत ७० लामो समयदेखि राष्ट्रिय पहिचानको निर्माणको चुनौतीलाई सामना गर्दै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले बलियो राष्ट्रिय पहिचानको समस्याको समाधान  संविधानमा संशोधन गरी जम्मु काश्मिरलाई दिइएको स्वायत्ततासम्बन्धी प्रावधान खारेज हुन सक्ने विश्वास लिएको छ ।


अधिकांश एसियाली देशहरूमा वास्तवमा भारतले सामना गरिरहेको चुनौतीको सामना गरिरहेका छन् । यद्यपि यी क्षेत्रका देशहरूमा धर्म उनीहरूको मुख्यधार रहेको छ तर उनीहरू बहुधार्मिक एव बहुजातीय समाजहरूको रूपमा रहेका छन् । उदाहारणका लागि सिंगापुरे चिनियाँ भाषाका विज्ञ लियो सूर्यादिनाताका अनुसार दक्षिण पूर्व एसियामा चिनियाँ जनजातिको उपस्थित ४.०५ प्रतिशत मात्र रहेको छ । यो समूह सानो अल्पसंख्यक समूह हो तर अर्थतन्त्र,प्रविधि विज्ञान र शिक्षाको क्षेत्रमा महत्वपूर्ण तथा अपरिहार्य भूमिका खेलेको छ । बहुधार्मिक र बहुजातीय देशहरूमा उनीहरूको राष्ट्रिय पहिचान निर्माण गर्ने वास्तवमा दुई विकल्पहरू हुन्छन् । मुख्य धर्मको माध्यमबाट निर्माण गरिने एउटो बाटो हुन्छ ।भारत जसले राष्ट्रिय पहिचानको आधारमा हिन्दुवादलाई बलियो बनाउन खोजेको उदाहरणको रूपमा रहेको देश हो । अर्को बाटो भनेको धर्मको सहिष्णु सहअस्तिवलाई प्रवद्र्धन गर्ने गरी राजनीतिक, आर्थिक र वैधानिक प्रणालीलाई स्थपाना गर्नु हो ।

यद्यपि विवेक सम्मत यस्ता विश्लेषणले दर्शाउने विषय भन्दा यर्थाथ भने धेरै धेरै जटिल हुन्छ ।दक्षिण पूर्व एसियाका अधिकांश देशहरू जस्तै भारतले बहुवाद (प्लुरलिस्ट) र धर्म निरपेक्ष( सेक्युलर सिस्टम) प्रणाली अंगीकार गरेको थियो तर यसलाई यो प्रणालीबाट हट्न गाह्रो भयो ।
अहिलेसम्म धेरै देशहरूमा बहुजातीय समूह र धर्मबीच सहिष्णु सहअस्तित्वको विषय एक काल्पनिक आदर्श जस्तो देखिन्छ । एसियाका केही देशहरूमा यसलाई सत्य साबित गर्न सफलता पाइएको छ ।

आन्तरिक र बाहय दुबै कारणहरू विविध प्रकारका छन् । भूमण्लीकरण, राष्ट्रवादको पुनरूत्थगान र धर्ममा गतिप्राप्त भइरहेको यो समयमा यसमा ध्यान केन्द्रित गर्नु एक विश्वव्यापी अवस्था बन्न पुगेको  छ । कुनै पनि देश यसबाट अपवाद छैन् ।

इतिहासमा दक्षिणपूर्व एसियामा चीन भन्दा भारतको प्रभाव बढी रहेको छ । कुनै न कुनै भारतीय तत्व दक्षिणपूर्वी एसियाली देशहरूका झण्डै सबै संस्कृतिमा फैलिएको पाइन्छ । भारत सम्भयता फैलिने मुख्यमार्ग भनेको मुख्यमार्ग बुद्धवाद र हिन्दुवादजस्तो धर्मको माध्यम रहेको पाइन्छ । 
१२औ शताब्दीमा कम्बोडियाको सिएन रीपस्थित अङ्गोर वटको मन्दिर र सोही समयमा थाइल्यान्डमा बनेका मन्दिरहरूले दक्षिण पूर्वमा भारतको प्रभावलाई हामीले हेर्न सक्छौ । दक्षिण पूर्व एसियाका केही देशहरूको भाषाका शब्दहरू संंस्कृतबाट आएका छन् । संस्कृति प्रचाीन भारतको प्रभावशाली भाषा थियो । 

यद्यपि बुद्धवाद भारतमा जन्मे पनि विश्वभरि फैलियो जुन इतिहासमा हिन्दुवादबाट निस्केको हो । भारतीय सभ्यताको यो विकास फरक खालको छ उत्तरका आक्रमणकारी आर्यहरूले ल्याको विश्वास गरिन्छ । अहिलेको जर्जिया, अर्मेनिया र इरानको केही भाग मिलि बनेको क्यास्पियन सागर  वरिपरिबाट आर्यहरू भारत आएको विश्वास गरिन्छ ।


दक्षिण एसियामा बुद्धवाद आएपछि यो स्थानीयरूपमा शासन गर्न नभइ यहाँको संस्कृतिमा मिसिन पुग्यो । त्यसपछि यो हिन्दुवादको एक प्रतिस्पर्धीकोरूपमा विकास भयो  र केही स्थानमा ब्राह्मणीय भाग्यसँग यसको भिडन्त पनि भयो । भारतमा इश्लामधर्मावलम्बीहरूको अनुभव पनि बुद्धवादीहरूजस्तै रहयो ।
भारतमा हिन्दुवादको शक्ति बढदै गएपछि भारतीय उपमहाद्वीपमा एक पर्दाको निर्माण भयो जसले इश्लाम र अन्य धर्मलाई पूर्वमा फैलिनबाट बाधा उत्पन्न गरायो । यसले भारतको भूराजनीतिक महत्वलाई बढायो तर  धेरै विश्वास वा आस्थालाई शान्तिपूर्णरूपमा अस्तित्वमा रहन गाह्रो बनायो । 

यस क्षेत्रका धेरै देशहरूले बहुजातीय र बहुधार्मिक संरचनाको निर्माण गर्न भरमग्दुर प्रयास गरिरहेका छन् तर धार्मिक र राष्ट्रिय(नेसनल) जागरणहरू भूमण्डलीकरणको दबाब मुनि ठोक्किएर फर्किएको छ । यस देशका नेताहरूका लागि यसका लागि आह्वान गर्नु सजिलो छैन् ।
काश्मिरसम्बन्धी मोदीको निर्णयलाई एक परीक्षण कार्यको रूपमा लिन सक्छौ जसले विश्वको भूराजनीतिमा ठूलो असर पार्नेछ ।  भारतका छिमेकीहरूले मोदीको यो निर्णयको भविष्य र यसले सामाजिकआर्थिकरूपमा ल्याउने परिणामा आँखा खुला राख्ने छन् ।

(लेखक पिपुल्स डेलीका बरिष्ठ सम्पादक र रेनिम्न युनिभर्सिटी अफ चाइनास्थित वित्तीय अध्ययनको चोङयाङ प्रतिष्ठानका बरिष्ठ सदस्य हुन् । लेखकलाई टिव्टर अकाउन्ट अटद रेट डिङगाङचाइनामा फलो गर्न सकिन्छ । लेखकको ‘रिसर्जेन्ट आइडेन्टिटी इन असेन्डेन्ट इन्डिया’ नामक लेखकको भावानुवाद हो ।)