अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपति भण्डारीको चासो

अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपति भण्डारीको चासो
काठमाडौं, १९ चैत । कोरोनो संक्रमणको प्रकोप बिश्वब्यापी रुपमा बढिरहेको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीहरुका बारे जानकारी लिएकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार अमेरिकामा रहेका नेपाली राजतूत डा. अर्जुन कार्कीलाई टेलिफोन गरेर कोरोना भाइरसको फैलँदो संक्रमण, समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको शितलनिवास श्रोतले जनाएको छ । राष्ट्रपतिले पछिल्लो स्थिति प्रति दूतावास र गैरआवासीय नेपाली संघ लगायत नेपाली सामाजिक संस्थाको सक्रियताको विषयमा चासो राखेको जनाइएको छ ।