लकडाउन उल्लंघन गरेर राहत बाँड्दै हिंडेका मोहन बस्नेत पक्राउ 

लकडाउन उल्लंघन गरेर राहत बाँड्दै हिंडेका मोहन बस्नेत पक्राउ 

१७ चैत्र, काठमाडौं । लकडाउनका बेला जनतालाई भेला गर्दै राहत वितरण गरेका कारण पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अहिले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा राखिएको हाम्रा सम्वाददाताले बताएका छन् । 

उनले बाँडिरहेको राहत कब्जामा लिएर प्रहरीले स्थानीय गाउँपालिकालाई जिम्मा दिएको छ । 


यस्तै रसुवाका नेपाली कांग्रेसका सांसद मोहन आचार्य र संघीय समाजवादी पार्टीका प्रदेश सांसद प्रमे तामांगलाई राहत बाँडिरहेका बेलामा प्रहरीले समातेको छ । उनीहरुले लकडाउनका बेलामा आफूले जनतालाई भेला गराए राहत गर्नु गल्ती भएको र अब आइन्दा यसो नगर्ने भनेर कागज गरेपछि छाडिएको छ ।

यो पनि पढ्नुहोस, 

पूर्व स्वास्थ्य राज्यमन्त्रीले लकडाउन तोडे, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा