संकटको घडीमा निजी क्षेत्रका व्यवसायीलाई मुठ्ठी फुकाउन प्रचण्डको आग्रह

संकटको घडीमा निजी क्षेत्रका व्यवसायीलाई मुठ्ठी फुकाउन प्रचण्डको आग्रह
काठमाडौँ, १५ चैत । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले थप जोड दिनुपर्ने बताएका छन् । अध्यक्ष दाहालले सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेका छन्। शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्‍न वर्गीय नागरिकका लागि आश्यक आर्थिक प्याकेज ल्याउन पनि सरकारसंग माग गरेका छन्। यस्तै, उनले संकटको घडीमा निजी क्षेत्रका व्यवसायीलाई मुठ्ठी फुकाउन आग्रह पनि गरेका छन् । ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजिवी जनताको खाद्यान्न लगायतको व्यवस्थपनमा आवश्क खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष प्याकेज निमार्णमा सरकारको ध्यान जाने नै छ,’ अध्यक्ष दाहालले भनेका छन्,‘संकटको यो घडीमा गरिब र असहायकहरुके सहयोगमा मुठि फुकाउन पनि निजी क्षेत्रका व्यवसायीसँग आग्रह गर्दछु।’