अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीसँग भेट

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीसँग भेट
काठमाडौँ, १४ चैत । प्रधमानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् । मुटुको चाल केही बढेपछि अस्पताल भर्ना भएका ओलीलाई भट्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् । बिहान साढे १० बजे अस्पताल पुगेका दाहाल र ओलीबीच करिब आधा घण्टा कुराकानी भएको जनाइएको छ । भेटमा उनीहरुबीच कोरोना संक्रमणको त्रासमा देश लकडाउन भएपछिको अवस्था र यतिखेर पार्टी र सरकारले खेल्न सक्ने प्रभावकारी भूमिकाका बारेमा कुराकानी भएको बालुवाटार श्रोतले जनाएको छ । बिहीबार राति अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यस्थिति अहिले सुधार भएको र भरे साँझसम्म उनको डिस्चार्ज हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ