पेरिसमा जग्गाको भाउ किन अचाक्ली ? ः एक सेन्टिमिटर जग्गाको मूल्य ११ हजार भन्दा बढी

पेरिसमा जग्गाको भाउ किन अचाक्ली ? ः एक सेन्टिमिटर जग्गाको मूल्य ११ हजार भन्दा बढी

 

फ्रान्सको राजधानी पेरिसमा जग्गाको मूल्य अकासिएर एक सेन्टिमिटरको मूल्य ११ हजार नेपाली रूपैया भन्दा बढी हुन पुगेको छ ।

सन् २०१८ को मूल्य भन्दा धेरै बढी भएको त्यहाँका जग्गा कारोबारीहरूले जनाएका छन् ।

पेरिसको मुटु मानिने ‘सिटी अफ लाइट’ क्षेत्रमा सन् २०१८ को मूल्यमा ५.७ प्रतिशतले मूल्य बढेको च्याम्बर अफ नोटरिज अफ ग्रेटर पेरिसले जानकारी दिएको छ ।

पेरिसको यो क्षेत्रमा जग्गा खोज्नेलाई औसत प्रति मिटर ११ हजार १ सय अमेरिकी डलर वा ९ हजार ७ सय ५० युरो खर्च गर्नुपरेको थियो । यसैगरी एक सानो बेडरूमको अपार्टमेन्टका लागि ४ लाख ४४ हजार अमेरिकी डलर भन्दा बढी तिर्नुपरेको थियो ।

सन् २०१९ मा यो मूल्य थप बढ्ने देखिएको जग्गा कारोबारीहरूको बुझाइ रहेको छ ।