डेरीमा वैदेशिक लगानी भित्र्याउँदै सरकार, किसानको विरोध 

डेरीमा वैदेशिक लगानी भित्र्याउँदै सरकार, किसानको  विरोध 

काठमाडौं । नेपाल सरकारले डेरीमा वैदेशिक लगानी भित्र्याउने योजना सुरुवात गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले आत्मनिर्भर हुने कृषिको प्राथमिक तहमै वैदेशिक लगानी भित्र्याउन सकिने व्यवस्था गर्न लागेको हो । यो योजना कृषिका प्रमुख उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना विपरीत छ ।

संसद्मा दर्ता भएको यो ऐनको मस्यौदा स्वीकृत भए सरकार आफैले अघि सारेको नारा असफल हुने छ । नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले कृषि तथा पुशपन्छीको प्राथमिक तहमा विदेशी लगानी भित्र्याउने तयारीको विरोध जनाएका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको पनि वैदेशिक लगानी भित्र्याउने विषयमा असहमति छ । 

गत मंगलबार नैं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले संघीय संसदमा पेस गरेको ऐनको विधेयको मस्यौदामा कुखुरापालन बाहेक डेरी, माछापालन, माहुरीपालन लगायत कृषि प्राथमिक तहमा वैदेशिक लगानी भित्र्याउने पाउने व्यवस्था गरिएको छ । 

नेपाल डेरी संघका अध्यक्ष अरनीको राजभण्डारीले नेपालका केही घराना समूहसँग मिलेर सरकारले स्वदेशी सरकारी तथा निजी क्षेत्रका डेरी क्षेत्रलाई धरासायी बनाउन यो ऐन ल्याउन लागिएको आरोप लगाए ।

नेपालका जलश्रोत, जलविद्युत र विकास निर्माण लगायका क्षेत्रमा वैदशिक लगानी भित्रिदा देशको अर्थतन्त्र बाहिरिएको र त्यसले देशमा रोजगारी सिर्जना गर्न नसकेको आवाज जनस्तरबार उठिरहेका बेला डेरीमा वैदेशिक लगानी भित्र्याउने सरकारी योजनाले भोलिका दिनमा आम नेपाली कृषक र जनतामा कस्तो प्रभाव पार्ला त्यो भने हेर्न बाँकी नै छ ।