सभामुखको निर्वाचन आज हुँदै

सभामुखको निर्वाचन आज हुँदै

प्रतिनिधि सभाको सभामुखको लागि आज निर्वाचन हुँदैछ।

संसद सचिवालयले ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन हुने जनाएको छ। सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै एकल उमेदवारी परेको छ।

यस अघि संसद सचिवालयकी कर्मचारीलाई दुब्र्यवहार गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि सभामुख पद रिक्त भएको हो।