आठ भारतीय नागरिकको निसासिएर मृत्यु 

आठ भारतीय नागरिकको निसासिएर मृत्यु 

मकवानपुरको दामनस्थित एभरेस्ट पानोरामा रिसोर्टमा बेहोस भएर ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । बेहोस अवस्थामै उनीहरुलाई काठमाडौं स्थित ह्याम्स अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनीहरुको अस्पताल नआइपुग्दै मृत्यु भइसकेको अस्पतालले जनाएको छ।  अस्पताल श्रोतका अनुसार मृत्युको निश्चित कारण थाहा हुन सकेको छैन। अस्पताल आइपुग्दा नै मृत्यु भइसकेकोले कारण खुल्न सकेको छैन । मृत्यु भैसकेपछि शव पोस्टमार्टमको लागि टिचिङ लगिएको छ ।

मृत्यु हुनेहरु भारत केरलाका भएको प्रहरीले जनाएको छ।  मृत्यु हुने आठ जनामध्ये दुई बालक र दुई बालिका छन्। भारतको केरालाबाट पोखरा हुँदै दामनतर्फ घुम्न आएका थिए।  
होटेलका अनुसार एउटा रुममा हिटर बालेर सुतेका  ८ जना करिब साढे ८ बजे बेहोस अवस्थामा भेटिएको  हो ।

मृत्यु हुनेहरुमा भारत केरलाका बस्ने ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, ५ वर्षीय अभी, ७ वर्षीय अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीय बन्द्रा नाम गरेका भारतीय नागरिक भएको खुलेको हो।

हिटर बालेका कारण अक्सिजनको कमीले निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। यसबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।