माइक्रोसफ्टका सिइओ सत्या नाडेला नागरिकता संशोधनको विरोधमा 

माइक्रोसफ्टका सिइओ सत्या नाडेला नागरिकता संशोधनको विरोधमा 

काठमाडौ । विश्वका ठूला शीर्ष टेक्नलजि कम्पनी मध्येका माइक्रोसफ्टका प्रमुख कार्यकारी (सिइओ) सत्या नाडेलाले भारतको नागरिकता संशोधन कानुनले आफूलाई दुखी बनाएको बताएका छन् ।

बजफिडले सोधेको प्रश्नको जवाफमा नाडेलाले भने “ भारतमा जे भइरहेको छ त्यो दुखको कुरो छ । यो खराब कुरो छ ।भारतको इन्फोसिस जस्ता कम्पनीको सिइओ कुनै बंगलादेशी आप्रवासी बनेर आएको अवस्था राम्रो हुने थियो र प्रेरित गर्ने खालको अवस्था हुने थियो ।अमेरिकामा बसेर मैसँग भएको ऐना जस्तो भारतमा होस भन्ने चाहन्छु ।”

 सत्या नाडेलाको यो अभिव्यक्तिलाई विरोध प्रदर्शन गर्दा पक्राउ परेका भारतका इतिहासकार रामचन्द्र गुहाले प्रसंशा गर्दै भारतका टेक्नलजि कम्पनीका मालिकरूबाट त्यस्तै अभिव्यक्ति सार्वजनिक हुनेपर्ने अपेक्षा व्यक्त गरेका छन् ।
भारतमा नागरिकता संशोधनको कानुनको विरोधमा प्रदर्शन भइ आएको छ ।