विश्वका महाधनीले सुन लुकाउने ‘सिक्रेट बंकर’को बिक्री तीव्र

विश्वका महाधनीले सुन लुकाउने ‘सिक्रेट बंकर’को बिक्री तीव्र

काठमाडौ । विश्वका महाधनीहरूमा अझ सुन लुकाउने प्रवृति बलियो रहेको छ । राजनीतिक अस्थिरता, महामन्दी र अन्य कारणहरूले चिन्तित भइ महाधनीहरूले सुन लुकाउने गरेको अनुसन्धान प्रतिष्ठान गोल्डम्यान स्याक्सले जनाएको छ ।

विगत तीन वर्षयताको सुनसम्बन्धी तथ्यांकीय अध्ययनबाट महाधनीहरूले सुन जम्मा गर्न थालेको देखिएको छ ।

सन् २०१६को अन्त्ययता देखिने सुन भन्दा देखिने सुनको लगानी धेरै रहेको देखिएको छ ।

यसको अर्थ सुविधासम्पन्न बंकरहरूमा रहेको सुनको माग बढेको छ ।

अन्डरग्राउन्ड बंकरको माग सन् २०१५को तुलनामा सन् २०१६मा ७सय प्रतिशतले बढेको थियो ।अमेरिकी राष्ट्रपति नोभेम्बरमा भएको निर्वाचन यता यस्ता बंकरहरूको बिक्री ३सय प्रतिशतले बढेको छ ।