नेपालको राहदानी सबैभन्दा कमजोर समूहमा

नेपालको राहदानी सबैभन्दा कमजोर समूहमा

काठमाडौ । नेपालको राहदानी विश्वका सबैभन्दा कमजोर राहदानी समूहमा परेको छ ।

राहदानी वा पासपोर्ट कति बलियो छ भनी गरिएको अध्ययनमा नेपालको पासपोर्ट सबैभन्दा कमजोरहरूको समूहमा परेको हो ।

हालै सार्वजनिक भएको हेन्ली पासपोर्ट इन्डेक्स अनुसार १०७ देशको यो सूचीमा नेपालको स्थान १०१औं रहेको छ । यो सूची अनुसार नेपाल उत्तर कोरिया, दक्षिणी सुडान र कोसोभो भन्दा पनि कमजोर रहेको देखिन्छ ।

अन्तर्राष्ट्रिय हवाइ यातायात संघको डेटा र हेन्ली र उसको साझेदारहरूको अनुसन्धान विभागले गरेको अनुसन्धानको आधारमा विश्वका १०७ देशका पासपोर्टहरूको यो सूची सार्वजनिक गरिएको हो ।