अमेरिकाले चीनलाई  ‘मुद्रा छलछाम’ गर्ने सूचीबाट हटायो

अमेरिकाले चीनलाई  ‘मुद्रा छलछाम’ गर्ने सूचीबाट हटायो

काठमाडौ । अमेरिकाले चीनलाई ‘मुद्रा छलछाम’(करेन्सी म्यानिपुलेटर)को सूचीबाट हटाएको छ । अमेरिका र चीनबीच हुन लागेको एक ठूलोस्तरको व्यापार सम्झौता अघि अमेरिकाको ट्रेजरीले चीनलाई करेन्सी म्यानिपुलेटरको सूचीबाट हटाएको हो ।
सम्झौता अघि चीनले विनिमय दरका सान्दर्भिक डेटा सार्वजनिक गर्न र प्रतिस्पर्धात्मक अवमूल्यनबाट हट्न सहमति जनाएको अमेरिकाको ट्रेजरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

आफ्नो अर्धवार्षिक प्रतिवेदनमा अमेरिकी ट्रेजरीले चीनले आफ्नो मुद्रा अवमूल्यन गर्न ठोल पाइला चालेको र बेइजिंगले मुद्रा कमजोर पार्न अझ ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ । साथै प्रतिवेदनमा अमेरिका र अन्य देशसँगको व्यापार सन्तुलनलाई कम गरिरहेको उल्लेख गरिएको छ ।

अमेरिकी ट्रेजरीले चीनलाई  व्यापार खाडल कम गर्न उसको घरेलु माग बलियो पार्न र निर्यात तथा लगानीमाथिको अर्थतन्त्रको निर्भरता हटाउन आग्रह गरेको छ । अमेरिकाको चीनसँगको वस्तुव्यापार घाटा जुन २०१९मा ४ खर्ब १ अर्ब अमेरिकी डलर बराबरको रहेको थियो । यो गतवर्षको जनवरी देखि जुनसम्मको अमेरिकाको कुल व्यापार घाटाको ४५ प्रतिशत जति रहेको देखिएको थियो ।

चीनलाई करेन्सी म्यानिपुलेटरको सूचीबाट हटाएपछि चीन अन्य ९ देशहरूको समूहमा सामेल हुन पुगेको । यो समूहमा अमेरिकाको सहयोगी देश जर्मनी, कोरिया र जापान लगायतका देश रहेका छन् । अमेरिकाको यो पहलले दुबै देशले एक अर्काको वस्तुमाथि लगाएको अतिरिक्त महशुल हटाउने संकेत दिएको छ ।