सह–सचिव पदका राजेन्द्र काफ्लेको ढाका टोपीप्रति किन रिस ?

सह–सचिव पदका राजेन्द्र काफ्लेको ढाका टोपीप्रति किन रिस ?

काठमाडौं, २८ पुस । देशको नीति निर्माण गर्ने र ऐन कानून निर्माणमा सरकारलाई सहयोग गर्नुपर्ने तहमा पुगेको एक राष्ट्रसेवक निजामती कर्मचारी कस्तो हुनुपर्ला? उसको आचरण, बोलि, ब्यवहार पक्कै पनि सम्मान र अनुकरण गर्न लायक हुनुपर्छ ।
तर नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव राजेन्द्र शर्मा काफ्ले भने आफ्नो पदीय गरिमा र मर्यादा भन्दा तल गिरेर सामाजिक सञ्जल (फेसबुक) मा स्ट्याटस लेख्ने गरेको प्रमाण फेला परेको छ । 

उनले यही जनावरी ९ तारिख १०ः४१ बजे 'राष्ट्रिय टोपी दिवस'का दिन नेपाली राष्ट्रिय ढाका टोपीप्रति अपमान गर्दै लेखेका छन्,–'यो मेरो टेपी कुनै राष्ट्रवाद झल्काउन होइन जाडोमा शरीरलाई न्यानो राख्नको लागि लगाइएको हो ।' कुनै समय ढाका टोपी लगाएको तस्बिर प्रयोग नगरी नेपाली नागरिकता नै पाइँदैनथ्यो ।

उनले उक्त स्ट्याटस पोष्ट गरेपछि केहीले टोपी सुहाएको प्रतिक्रिया दिएका छन् भने केहीले आफु सधैँ ढाकाटोपी लगाउने गरेको प्रतिकृया दिएका छन् ।  

उनी संघीय राजमार्ग अनुगमन तथा निरिक्षण अधिकारी जस्तो जिम्मेवार पदमा रहेर पनि हल्काफुल्का टिकाटिप्पणि गर्दै कार्यालयमा दिन कटाउने गरेको स्वयम् कर्मचारीहरु नै बताउँछन् । सह–सचिव काफ्ले ठेकेदारहरुसँग 'बार्गेनिङ' नगरी फाइल नै अगाडी नबढाउने चरित्रको 'राष्ट्रसेवक' भएको एक सेवाग्राहीले झिल्कोलाई बताए । 
सडकको दुराबस्थाका बारेमा जनताले अनेकौँ सास्ती खेपिरहेका बेला काफ्ले भने देश र जनताको कामप्रति कहिल्यै गम्भीर र चिन्तित नभएको श्रोतको भनाई छ । 
सहसचिव जस्तो जिम्मेवार पदमा पुगेको एक कर्मचारी फेसबुकमा गैरजिम्मेवार, हल्का र बेतुकका स्ट्याटस लेखेर समय खेर फाल्ने गरेको उनका अन्य स्ट्याटसबाट प्रस्ट हुन्छ । उनीमाथि भ्रष्टाचार र थुप्रै अनियमितताको आरोपहरु पटक पट लाग्ने गरेका छन् ।