ठाडी सीमाको दश गज्जा भारतद्वारा कब्जा

ठाडी सीमाको दश गज्जा भारतद्वारा कब्जा

काठमाडौ । नेपाल भारतबीचको सीमा विवादको समाधान गर्ने सर्वाधिक महत्वपूर्ण उपकरण ‘दशगज्जा’ हुने विज्ञहरूको बुझाइ रहेको छ । भारतीय पक्षबाट कालापानीमा मात्रै होइन दक्षिणी सीमाको दश गज्जामा बस्ती बसाउने गरेको पाइएको छ ।

सरोकारवालाहरूले बस्ती हटाउन भनिएपनि अहिलेसम्म बसेका बस्ती हटन सकेको देखिएको छैन् । सिराहा जिल्लाको ठाडी सीमाको दश गज्जामा बस्ती बसाइएको छ ।

सीमामा त्यो बस्ती हटाउन विरोध प्रदर्शन भएपछि संयुक्त सर्वे टोली गठन भयो । त्यो टोलीका अधिकारीहरूले जनाए अनुसार दुई देशबीचको अन्तर्राष्ट्रिय सीमा दश गज्जा मिचेर बनाइएको बस्ती हटाउन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूका अनुसार दश गज्जामा भएका बस्ती हटाउन भनिएको छ ।