जहाज दुर्घटना क्षेप्यास्त्र आक्रमणबाट भएको इरानी सेनाको स्वीकार

जहाज दुर्घटना क्षेप्यास्त्र आक्रमणबाट भएको इरानी सेनाको स्वीकार

इरानी सेनाले अन्ततः युक्रेनी जहाज दुर्घटना इरानी क्षेप्यास्त्र आक्रमणबाट भएको स्वीकार गरेको छ। बुधबार इरानको इमाम खमेनी विमानस्थलबाट उडेको केहीबेरमै १७६ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा इरानी सेनाले मानविय त्रुटिका कारण सो घटना हुन पुगेको त्यहाँको सरकारी टेलिभिजनबाट शनिबार स्वीकार गरेको हो।

इरानी सेनाका अनुसार सो जहाज इरानको रिभुल्सेनरी गार्डको संवेदनशिल सैन्य इलाका नजिकै भएर उडेको कारण यस्तो गल्ति भएको सेनाले जनाएको छ। यससँगै इरानी सेनाले आफ्नो वक्त्व्यमा सो घटनामा संलग्नलाई सैन्य कानुन अनुसार कारवाही गर्ने जनाएको छ।

इरानी सेनाले सो वक्त्वयमा घटनामा मारिने सबैका परिवारप्रति गहिरो शोक व्यक्त गरेको छ। दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो।

यसअघि इरानले सो जहाज आफूहरुले नखसालेको बताउँदै आएको थियो भने अमेरिका र क्यानडाले भने सो प्लेन मिसाइल हमलाबाट नै खसाइएको प्रमाण भएको बताएका थिए ।