उपसभामुखलाई बालुवाटार डाकेर अध्यक्षद्वय ओली-दाहालले के भने ? 

उपसभामुखलाई बालुवाटार डाकेर अध्यक्षद्वय ओली-दाहालले के भने ? 

काठमाडौं, २५ पुस । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर दुई अध्यक्षले तुम्बाहाङ्फेसँग पदबाट राजीनामा दिने विषयमा छलफल भएको नेकपा संसदीय दलका एक नेताले बताए । सभामुख चयनको प्रक्रिया अन्यौलमा परेपछि दुई पटक संसदको बैठक सूचना मार्फत् स्थगित भैसकेको छ।

अर्को बैठक आइतबारका लागि डाकिएको छ। नेकपाले सभामुखको उम्मेद्वार टुङ्गो नलगाउँदा संसद बैठक लगातार अवरुद्ध हुँदै आएको छ। नेकपामा पूर्व एमालेबाट सभामुख बनाउने कि पूर्व माओवादीबाट भन्ने विवाद छ।