बेलायती महारानीका नातीद्वारा शाही ओहादा छोड्ने घोषणा

बेलायती महारानीका नातीद्वारा शाही ओहादा छोड्ने घोषणा

काठमाडौ । बेलायती महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारी र पत्नी मेगनले राजपरिवारको बरिष्ठ सदस्यको ओहादा छोड्ने घोषणा गरेका छन् ।  प्रिन्स ह्यारीले आफूलाई आर्थिकरूपमा स्वतन्त्र बनाउन काम गर्ने बताए । उनको यो घोषणाबाट बेलायतको राजपरिवार चकित परेको छ । प्रिन्स ह्यारी र मेगनले जारी गरेको  वक्तव्यमा दुबै जना अब उत्तरी अमेरिकामा आफ्नो समय बिताउने जनाइएको छ ।

बेलायती राजपरिवारका यी दुई सदस्यले यसबारे परिवारका अन्य सदस्यसँग कुनै सल्लाह नगरेको बुझिएको छ । यसले गर्दा उनका पारिवारिक सदस्य निराश भएका छन् । दुबैले इन्स्टाग्राममा यो पोस्ट गरेका छन् । त्यसमा आफूहरूले यसबारे महिनौ देखिको आपसी छलफलबाट निर्णय लिएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ– हामी शाही परिवारको बरिष्ठ सदस्यको हैसियतबाट हटन चाहेका र्छौ र आफूहरू आर्थिकरूपमा स्वतन्त्र रहन काम गर्न चाहेका र्छौ ।तर साथै हाम्रो समर्थन महारानीलाई रहिरहने छ ।”