मिटरब्याज लगाएर घर-खेत असुल्ने राजपाका नेता रामबाबु यादव पक्राउ !

मिटरब्याज लगाएर घर-खेत असुल्ने राजपाका नेता रामबाबु यादव पक्राउ !

काठमाडौं । मिटरव्याजमा ऋण लगाएर गरिव किसानको घरखेत असुल्न पल्किएका राजपका केन्द्रीय सदस्य रामबाबुराय यादव पक्राउ परेका छन्। उनलाई सर्लाही प्रहरीले बुधबार पक्राउ गरेको हो ।

ऋण दिँदा बन्धकी राखेको जमिन दृष्टिबन्धक गर्ने र पछि रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा राखेको आरोप लागेका उनीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको हो । लाख दिएर करोडको तमसुक बनाउने गरेको पनि यादवमाथि आरोप छ । 
यादवसहित ब्रहमपुरीका सञ्जय शाह रौनियारले करिब एक हजार पाँच सयभन्दा बढीलाई मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको घटना सार्वजनिक भएको छ । करिब एक सय पीडितहरु काठमाडौं आएका छन् । महान्याधीवक्ताको कार्यालय सिंहदरबार पुगेका पीडितहरुले त्यहीँ रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि आफ्नो समस्या सुनाएका थिए । 

पीडितहरुको समस्या सुने लगत्तै उनको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई पक्राउ गरेको हो । उनले गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । तर उनी हारे ।