इरानमा विमान दुर्घटना हुँदा १७० जनाको मृत्यु

इरानमा विमान दुर्घटना हुँदा १७० जनाको मृत्यु

एजेन्सी, २३ पुस । इरानको राजधानी तेहरानमा युक्रेनी बोइङ ७३७ विमान दुर्घटना हुँदा १७० जनाको मृत्यु भएको छ। उक्त दुर्घटना इमाम खुमैनी विमानस्थल नजिकै भएको हो ।
इरानी समाचार एजेन्सी फोरर्सका अनुसार प्राविधिक समस्याका कारण दुर्घटना भएको हो।

विमान तेहरानबाट युक्रेनको राजधानी किभका उडेको थियो। विमान आफ्नो उडान समयभन्दा करिब एक घण्टा ढिलो उडेको थियो।