सरकारले उखु किसानको समस्या समाधान गर्न चीनी उद्योग खोल्नुपर्ने माग

सरकारले उखु किसानको समस्या समाधान गर्न चीनी उद्योग खोल्नुपर्ने माग

काठमाडौ । उखु किसानको समस्या समाधान गर्न सरकारले चीनी उद्योग खोल्नुपर्ने माग गरिएको छ । किसान आयोगका पदाधिकारीहरूले उखु किसानको समस्या समाधान गर्न सरकारले पनि चीनी उद्योग खोल्नुपर्ने सुझाव अगाडि सारेका हुन् ।

भुक्तानी दिलाउन आन्दोलन गरेका उखु किसान र सरकारबीच पुस १८ गते ५ बुँदे सम्झौता भएपनि यसको ठोस निकास निकाल्ने विषयमा आयोजना गरिएको छलफलमा किसान आयोगका पदाधिकारीहरूले यस्तो बताएका हुन् ।

माघ ७ गतेसम्म भुक्तानी पाउने सहमति भएकाले भुक्तानी लिएर घर फर्कने गरी राजधानीमा बसिआएको उखु किसानहरू समेतको उपस्थितिमा भएको सो कार्यक्रममा किसान आयोगले किसानको समस्या समाधान गर्न बन्द परेको बीरगञ्ज चीनी कारखाना खुलाउनुपर्ने सुझाउ अगाडि सारेको सहभागीहरूले जनाएका छन् ।

पीपीपी मोडलमा सरकारले बीरगञ्ज चीनी कारखानालगायत आवश्यक परे अन्य कारखाना खुलाउनुपर्ने उनीहरूको भनाइ रहेको सहभागी मोहन सिंहले जनाए ।