पूर्व अमेरिकी जलसैनिक गुप्तर अधिकारी भन्छन् –‘इरान विरूद्ध ट्रम्पको धम्की खोक्रो’

पूर्व अमेरिकी जलसैनिक गुप्तर अधिकारी भन्छन् –‘इरान विरूद्ध ट्रम्पको धम्की खोक्रो’

काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ सम्पदाहरूमाथि आक्रमण गर्ने गरी दिएको चेतावनी खोक्रो रहेको छ । इरानसँग मध्यपूर्वमा अमेरिकासँग भिड्न सक्ने सबै सैनिक ताकत रहेको छ ।

अमेरिकी जलसैनिक समूहको गुप्तचर अधिकारी रहेका  र सोभियत संघसँग  भएको हतियारसम्बन्धी सम्झौता आइएनएफ ट्रिटीका बेला हतियार निरीक्षकदलमा सहभागी भइ सन् १९९१देखि १९९८सम्म भएको खाडी युद्धका बेला संयुक्त राष्ट्रसंघको हतियार निरीक्षक भइ काम गरेका स्कट रिटरले यस्तो बताएका हुन् ।

इरानले कासिम सुलेमानीको हत्याको बदला लिने गरी इरानले गरेको वाचाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको तर्फबाट अनुचित पहल लिन लगाउने देखिएको छ । जबसम्म यो युद्ध परमाणु युद्धमा परिणत हुँदैन तब सम्म कुनै पनि पक्षलाई कुनै खतराको अवस्था नरहेको उनको बुझाइ छ ।

इरानले युद्ध भन्दा पनि व्यवसाय चाहेको छ । यो साताको अन्त्यतिर इरानका जनरल हुसेन देहगानले हाम्रो प्रतिक्रिया बुद्धिमतापूर्ण, राम्ररी सोचविचार गरिएको र समयको आधारमा असरहरूबाट बच्ने गरी निर्णायक हुनुपर्ने बताए । इरानका सर्वोच्च नेता आयातोल्ला खामेनी निकट मानिएका देहगानले  अमेरिकासँग व्यापक क्षेत्रको भिडन्त इरानले नचाहेको बताउँदै युद्ध अमेरिकाले शुरू गरेको त्यसले उसले यसको उचित स्वीकार गर्नुपर्ने बताए ।  साथै उनले यो युद्धको अन्त्य अमेरिकाले बराबरी धक्का महशुस गरे मात्र हुन सक्ने जनाए । इरानका सर्वोच्च नेता खामेनी निकट भएकाले देहगानका शब्दहरू खामेनीका हुनुपर्ने देखिन्छ ।

इरानले अमेरिका विरूद्ध गर्न सक्ने तीन ठेकानहरूमा  तेल र ग्यासका ठेकानहरू हुनेछन् ।खाडीमा अमेरिकाका सहयोगी देशहरूमा रहेको अमेरिकी उपस्थितिमा इरानले आक्रमण गर्न सक्नेछ । गत मे महिनामा साउदीको तेल उत्पादन क्षेत्रमा आक्रमण भएको थियो । यसै री स्ट्रेट अफ होरमुजमा र अमेरिकी कुटनीतिक नियोगहरूमा आक्रमण हुन सक्छन् । अमेरिका विरूद्धको लडाइ इराकी लडाकु समूह खइताब हेजबोल्लाले गर्ने उद्घोष गरी सकेको छ । सुलेमानीसँग उनका नेता अबु महिदीअल मुहान्दीस मारिएका छन् । 

इराकी नेता देहगानले भने अनुसार बराबर धक्का दिने अर्थमा बुझ्दा अमेरिकी सैनिक शिबिर कुवेत, बहराइनको पाँचौ फ्लिट र अल उदेइद एयर बेस कतार गरी तीन अमेरिकी ठेकानमा गरिने आक्रम हुनेछ । कतराको अल उदेइद हवाई सैनिक शिवरबाट गरिएको ड्रोन आक्रमणले इराकी कमान्डर सुलेमानीलगायतको हत्या भएको थियो । इरानको ब्लास्टिक क्षेप्यास्त्रहरूको मारक क्षमता भित्र अमेरिकाका यी तीन ठेगान छन् ।  यी इरानी क्षेप्यास्त्रहरूले अमेरिकाका करौडौं अर्बौ डलरको लडाकु विमान र उपकरणहरू ध्वस्त गर्न सक्ने र सयौं अमेरिकी सैनिकलाई मारेर अमेरिकालाई घाउ दिन सक्ने क्षमता रहेका छन् ।

इरान विरूद्ध गरेका सबै धम्कीसम्बन्धी ट्विट खोक्रो रहेका छन् । सबै भन्दा नयाँ ट्विट भनेको ५२ सम्पदामा गर्ने आक्रमणको सन्दर्भमा गरिएको ट्विट खोक्रो ट्विट छन् । पहिलो कुरो  उनको ट्विट युद्ध अपराधका ठोस प्रमाण हुन । अमेरिकाको प्रतिरक्षा कानुनको खण्ड ५डट१६डट२ले सांस्कृतिक वस्तुको ध्वंसलाई रोकेको छ । यस्ता क्षेत्रमा अमेरिकी  कमान्डरले कानुनको उल्लंघन गर्दैनन । यसरी कानुनको उल्लंघन गर्ने कमान्डरहरूलाई कानुनको सामना गर्नुपर्ने हुन्छ ।

अर्को विषय गत मेमा भएको आक्रमणले अमेरिकाले त्यसक्षेत्रमा आक्रमण भए अमेरिकाले त्यहाँ सुरक्षा दिन सक्ने अवस्थामा नहुने संकेत ट्रम्पलाई दिइसकेको अमेरिकी पूर्व सैनिक स्कटको भनाइ रहेको छ । संक्षेपमा भन्नु पर्दा अमेरिकालाई मध्यपूर्वमा आमरूपमा क्षति पु¥याउन सक्ने क्षमता इरानसँग रहेको छ।

यो क्षेत्रमा इराकी संसदले अमेरिकी सेना फिर्ता पठाउन गरेको निर्ण महत्वपूर्ण भएको छ ।  इरानले सर्वपक्षीय  परमाणु सम्झौताबाट हटने घोषणा गरिसकेको छ । इरानले यो घोषणा गरेर आफूलाई अमेरिकाबाट हुने परमाणु आक्रमणबाट सुरक्षित पारेको छ । फरदो शहरमा इरानको परमाणु उत्पादन केन्द्र छ । यो केन्द्रलाई अमेरिकासँग भएको हतियारले ध्वस्त गर्न सक्दैन् । यो केन्द्रलाई ध्वस्त गर्न अमेरिकाले बनाएको परमाणु बम बी –६१ले मात्र गर्न सक्छ । अमेरिका र इरानबीच हुने यसप्रकारको युद्धको कल्पना गर्न सकिदैन् ।