भक्तपुरमा स्कुटरको ठक्करले भारतीय नागरिकको मृत्यु

भक्तपुरमा स्कुटरको ठक्करले भारतीय नागरिकको मृत्यु

भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित अरनिको राजमार्गमा स्कुटरले ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नम्बरको भारतीय कन्टेनरका सहचालकलाई शनिबार स्कुटरले ठक्कर दिएको हो।   

कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९२प ३४०९ नम्बरको स्कुटरले ठक्कर दिएको हो।

गम्भीर घाइते पालको इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए। ठक्कर दिने स्कुटर चालक सूर्यविनायक नगरपालिका–९ नलिनचोकका ३८ वर्षीय वसन्त देउजालाई नियन्त्रणमा लिइएको छ।