प्रदेश ३ मा संसदीय दलको बैठक, मुख्यमन्त्री अल्पमतमा 

प्रदेश ३ मा संसदीय दलको बैठक, मुख्यमन्त्री अल्पमतमा 

–शंकर तिमिल्सिना
नेकपाको प्रदेश ३ नं. को संसदीय दलको बैठक हेटौंडामा आजदेखि सुरु भयो । प्रदेश ३ को राजधानीको नामाकरण र स्थानको बारेमा नेकपाको सचिवालय बैठकले निर्देशन  दिएपछि यो बैठक निकै पेचिलो बनेको छ । 

आज बसेको संसदीय दलको बैठकमा बोल्ने १७ जना प्रदेश सांसद मध्ये अत्याधिकले  पार्टीको सचिवालयले दिएको निर्देशन अब्यवहारिक भएको भन्दै यस्लाई सच्याउन माग गरे । 

नेकपाका ८० जना प्रदेशसभा सांसद छन् । सभामुख र उपसभामुखले संसदीय दलमा बोल्ने छैनन् । दुई दिनको लागि बोलाइएको यो बैठक प्रदेश सभाको सांसदहरुको आज बोलाइको अवस्था हेर्दा  बैठक अझै लम्बिने संभावना छ । 

पदेश सभामा अत्याधिक बहुमत संख्या पार्टी सचिवालयले निर्देशन दिए बमोजिम राजधानी हेटौंडा राख्ने पक्षमा छैनन् । 

मुख्य मन्त्री डोरमणी पौडेल हेटौंडा निवासी हुन् र उनकै जोडमा पार्टी सचिवालयलाई दवाव दिएर हेटौंडा राजधानी तोक्न सफल भएका हुन् । संसदमा अल्पमत भएको अवस्थामा पार्टी सचिवालय निर्णयको कार्यान्वयन कसरी हुन्छ ? किनभने संसदमा अल्पमत भएको अवस्थामा बहुमतलाई ह्विप लगाउने कानूनी र नैतिक आधार पनि हुँदैन । 

प्रदेश सभाको राजधानी स्थान र नामाकरण टुङ्गो लगाउने अधिकार प्रदेश सभाको दुई तिहाईलाई मात्र रहेको संविधानमा स्पष्ट ब्याख्या छ । संसदीय दलको बैठकमा अल्पमत परेको अवस्थामा मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिन्छन् ? धेरैले जिज्ञासा राखेका छन् ।