अध्यक्ष बन्न नारायणकाजी राष्ट्रियसभामा ?

 अध्यक्ष बन्न नारायणकाजी राष्ट्रियसभामा ?

१८ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सदस्य बनाउनका लागि पार्टीले उम्मेदवार बनाएको छ । गत प्रतिनिधिसभामा गोरखाबाट प्रतिनिधिसभामा पराजीत श्रेष्ठ अरुलाई अवसर नदिएर किन आफैं मैदानमा उत्रिए धेरैमा जिज्ञासा उत्पन्न भएको छ । 

नयाँ संविधानमा चुनाव हारेको उम्मेदवार मन्त्री हुन नपाउने व्यवस्था गरिएको छ। संविधानको धारा ७८ को उपधारा ४ मा यस्तो प्रतिबन्धात्मक व्यवस्था छ।

यो व्यवस्था अनुसार कुनै व्यक्ति प्रतिनिधि सभाको आम निर्वाचनमा पराजित भएको भए सो प्रतिनिधि सभाको कार्यकाल भर मन्त्री पदको नियुक्तिका लागि योग्य हुने छैन। तर, राष्ट्रियसभाको अध्यक्षका लागि यो प्रतिबन्धात्मक व्यवस्था छैन । संवैधानिक व्यवस्थाले कमसेकम उनी अझै तीन वर्ष मन्त्री हुन पाउँदैनन् । 

यस्तो अवस्था हुँदाहुँदै उनी राष्ट्रियसभा सदस्यमा उम्मेदवार हुनुले सभामुखमा साविकको एमालेलाई छाड्नुपर्ने भएमा नारायणकाजीलाई राष्ट्रियसभामा ल्याउने सम्भावना हुनसक्छ । नारायणकाजी बराबरको वरिस्ठ नेता यसपटकको राष्ट्रियसभाको उम्मेदवारमा खडा भएका छैनन् ।