सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कारण यस्तो

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कारण यस्तो

सुनको भाउ पुस १८ गते शुक्रबार उच्च रुपले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भई रेकर्ड कायम गरेको छ। गत ३ कारोबार दिन स्थीर रहेको सुनको भाउ शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च भाउ भएको हो ।

नेपाली बजारमा सुनको भाउ  पुस १५ गते मंगलबार तोलामा २०० रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने पुस १८ गते एकैदिन १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। 

पुस १८ गते शुक्रबार छापावाला सुन प्रतितोला ७४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ।

भाउ बढ्दै गएपछि सुन कारोबार अझै घट्नेमा व्यवसयीहरु चिन्तित देखिन्छन्। यसअघि गत भदौमा सुनको भाउ बढेर ७३ हजार ५०० रुपैयाँ पुग्दा सुन बिक्री नभएर ब्यवसाय डामाडोल भएको थियो भने अहिले पनि मन्दी आइसकेकोले व्यवसायीहरु अहिले झनै चिन्तित छन्।

                 

अन्तराष्ट्रिय बजारमा सुनको भाउ उच्च रुपले बढ्दा नेपाली बजारमा समेत त्यसको प्रभाव देखिएको हो। विशेषगरी अमेरिका र ईरान विच तनाब उत्पन्न भएको छ । अमेरिकी हवाई आक्रमणमा इरानी सिनियर कमाण्डको मृत्यु भएसँगै यस्को प्रभाव अन्र्तराष्ट्रिय बजार पर्न गयो । जसले गर्दा अन्तराष्ट्रिय बजारमै शुक्रबार सुन प्रतिआउन्स १ हजार ५३९ डलर माथी कारोबार भइरहेको छ।

यस दिन सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको थियो।