राष्ट्रियसभाका उम्मेदवारका लागि नेकपाको वैठक बस्ने तयारी

राष्ट्रियसभाका उम्मेदवारका लागि नेकपाको वैठक बस्ने तयारी

१८ पौष, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्न नेकपा सचिवालय बैठक आज शुक्रवार विहान बालुवाटारमा बस्दैछ । 


विहीवारको वैठकमा धेरैको नाम आएकाले उम्मेदवारका लागि मापदण्ड बनाउन सचिवालय सदस्यहरुले दुई अध्यक्षलाई सुझाव दिएका थिए ।

माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गते मनोनयनको समय तोकिएको छ ।

१८ सदस्यका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ भने एक जनाको मन्त्रिपरिषदले नियुक्त गर्नेछ।

१८ मध्ये प्रदेश २ का ४ स्थानमा नेकपा र राजपाबीच चुनावी तालमेल भएको छ।

जसमध्ये २/२स्थानमा दुई पार्टीबिच बाँडफाँड समेत भएको छ । अन्य ६ प्रदेशमा हुने निर्वाचनमा भने नेकपाकै बहुमत रहेको छ ।

१८ स्थानका लागि हुने निर्वाचनमा नेकपाले १६ जना उम्मेदवार तय गर्नुपर्ने हुन्छ ।

प्रदेश २ मा राजपासँग तालमेल गरेकाले नेकपाकै मतभार धेरै छ ।

उता नेपाली कांग्रेस र भर्खरै सत्ताबाट वाहिरिएको समाजवादी पार्टीका बीचमा चुनावी तालमेल हुने संकेत देखिएको छ । ‘विपक्षमा रहेका सबै दलहरु एकजुट भएर सरकारका गलत कामकारबाहीको विरोध गर्नु जुरुरी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘राष्ट्रियसभा निर्वाचनमा पनि विपक्षमा रहेका दलहरु एकजुट हुनु आवश्यक छ। त्यसका लागि कांग्रेसले सबै विकल्प खुला गरेको हो।’ 

यी दुईबीच तालमेल भए पनि जित्ने सम्भावना एकदमै न्यून छ । नेकपा र राजपा मिल्दा मतभार यसकै बढी छ ।