संसदको गत्यावरोधको मुख्य कारण उपसभामुख

संसदको गत्यावरोधको मुख्य कारण उपसभामुख

१७ पौष, काठमाडौं । संसदको गत्यावरोधको मुख्य कारण अहिले उपसभामुख शिवमाया तुम्बाहाम्फे बनेकी छिन ।

उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा उम्मेदवार दिन पाउँदैन । एउटै पार्टीको सभामुख र उपसभामुख हुँदैन । नेपाली कांग्रेस या अरु कुनै पार्टीलाई सभामुख छाड्नुपर्छ ।

त्यसैले, उपसभामुखले राजीनामा नदिएसम्म यस विषयमा प्रवेश गर्नुको कुनै तुक छैन । उपसभामुखले राजीनामा नदिएसम्म पात्रका बारेको बहस गरेर नेताहरुले समय खेर फाल्नुको अर्थ छैन । नेकपाले सभामुख बनाउने हो भने पहिला तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिएर सभामुख र उपसभामुखको निर्वाचनका लागि बाटो खोल्नैपर्छ । 

 
पूर्व सभामुख सुवास नेम्बाङकी आफन्त समेत रहेकी तुम्बाहाम्फेले सके आफूलाई नभए सुवासलाई सभामुख बनाउन मात्र यो खेल खेलेकी हुन भने यो आत्मघाती हो । उनका कारण सभामुखविना नै सदन रहन्छ । हाम्रो संविधानले सभामुखविनाको परिकल्पना गरेको छैन । संसद विघटन भए पनि सभामुख रहिरहन्छ ।