कर्णाली नदीमा जिप खस्दा चारको मृत्यु 

कर्णाली नदीमा जिप खस्दा चारको मृत्यु 

बाजुरा, १७ पुस । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । 

जिप बिहीबार कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जिप दिउँसो कर्णाली नदीमा खसेको हो।

उक्त जिप धुलाचोरबाट कोल्टी जाँदै गरेको जनाइएको छ । घटनामा एक जना बेपत्ता छन् । मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको छ । घाइतेहरको उद्धार गरी स्थानिय अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरी घटनास्थलमा पुगेको जनाइएको छ  भने घटनाको कारण खुल्न सकेको छैन ।