मोदीको कानुन नेपाली विरोधी हुने देखियो

मोदीको कानुन नेपाली विरोधी हुने देखियो

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले ल्याएको नागरिकता कानुन संशोधन र नागरिकता राष्ट्रिय पञ्जीकरण नेपाली विरोधी हुने देखिएको छ । अधिकारीहरूले अनुहार नेपालीसँग मिल्दोजुल्दो देखिएपछि व्यवहार नराम्रो गर्ने गरेको पहिलो पनि पाइएको हो । तर हालै मोदीको कानुनको प्रभाव नेपाली विरोधी हुने देखिएको घटना भारतको अम्बालाकी दुई युवतीलाई भोग्नु परेको सार्वजनिक भएको छ ।

चन्डीगढमा पासपोर्ट बनाउने कार्यालयमा पुगेकी दुई युवतीलाई तिमीहरू नेपाली जस्ती छौ (नेपाली जैसी दिखती हो) भन्दै त्यहाँ कार्यरत अधिकारीहरूले तिनको पासपोर्ट बनाउन इन्कार गरेका छन् । ती अधिकारीले ती दुई युवतीको कागजातमा नेपाली जैसी दिखती है लेखे । उनीहरूसँग नागरिकता माग गरियो । ती दुबै युवतीले प्यान कार्ड, आधार कार्ड र कुरूक्षेत्र विश्वविद्यालयबाट स्नातक पास गरेको प्रमाण पत्र बुझाउँदा पनि  तिनलाई पासपोर्ट नदिइएको खबर जनसत्ताले सार्वजनिक गरेको छ ।

 मिडियमा यो मामिला सार्वजनिक भएपछि सामाजिक सञ्जालका एक युजरले आक्रोश पोख्दै यस्तो लेखेका छन् –एनआरसी लागु हुन अघि नै यसको साइड इफेक्ट आउन लागेको छ ।” अर्कोले यस्तो भने – कागजात हेर अनुहार र लुगा न हेर ।”