उखु किसानको पैसा माघ पहिलो सातासम्म तिर्न मन्त्री भट्टको निर्देशन

उखु किसानको पैसा माघ पहिलो सातासम्म तिर्न मन्त्री भट्टको निर्देशन

काठमाडौं, १६ पुस । सरकारले चिनी मिलका सञ्चालकलाई उखु किसानको पैसा माघ पहिलो सातासम्म तिर्न निर्देशन दिएको छ।

आन्दोलनरत उखु किसानसँग बुधबार मन्त्रालयमा भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघको पहिलो सातासम्म सबै पैसा तिर्न मिल सञ्चालकलाई निर्देशन दिएका हुन् ।
मिल सञ्चालकलाई पुस २५ गतेभित्र ८० प्रतिशत रकम तिर्न चिनी मिलका सञ्चालकहरुलाई निर्देशन दिए ।

मन्त्री भट्टका अनुसार महालक्ष्मी सुगर मिल्सले पुस २५ मै सबै पैसा तिर्ने प्रतिबद्धता जनाएको छ । उनले सरकारको निर्देशन नमान्नेलाई कारबाही गर्ने प्रतिवद्धता पनि किसानसँग व्यक्त गरेका छन्।

एक जना मिल सञ्चालकको मृत्यु भइसकेकाले उनको सम्पत्ति रोक्का गरेर भए पनि किसानलाई पैसा दिलाउने कार्यविधि बनाउन लागिएको भट्टको भनाइ छ। 
वार्तामा सहभागी उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरूले छलफल गरेर आन्दोलन जारी राख्ने कि घर फर्किने भन्ने निर्णय गर्ने बताए।