निकट भविष्यमा दुनियाँले नयाँ हतियार रणनीति देख्ने किमको चेतावनी

 निकट भविष्यमा दुनियाँले नयाँ हतियार रणनीति देख्ने किमको चेतावनी

काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ्ग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले परमाणु सम्झौतहरूका लागि पाउ पर्न लगाएको आरोप लगाउँदै निकट भविष्यमा दुनियाँले नयाँ हतियार रणनीति देख्ने चेतावनी दिएका छन् ।गुन्डानाइके जस्तो अमेरिकी आर्थिक नाकाबन्दी र दबाबका अगाडि झुकेर आफ्नो परमाणु कार्यक्रम नरोक्ने जनाउँदै उत्तर कोरियाले नयाँ हतियारको रणनीति देखाउने उनले बताए ।

राजधानी पोङयाङमा मंगलबार बसेको चारदिने सत्ताधारी पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किमले यस्तो बताएका हुन् । अमेरिकाले उत्तर कोरियासँगको परमाणु सम्झौताबारे अडानलाई लिएर लगाइएको नाकाबन्दी हटाउन गरेको ढिलाइका कारण  किमको यो चेतावनी सार्वजनिक भएको हो ।

निर्लज्ज अमेरिकालाई उत्तर कोरिया अमेरिका संवाद बैठकलाई दुरूपयोग गर्न नदिने जनाउँदै किमले अमेरिकाले उत्तर कोरियासँगको शत्रुतापूर्ण नीतिबाट नहटे कोरियालीद्विप परमाणुकरणबाट कहिल्यै नहटने बताए ।
तर सम्बोधनको क्रममा किमले सम्झौताबाट हटेको स्पस्ट शब्द भने उल्लेख गरेको देखिएन ।

किम र ट्रम्प सन् २०१८को जुनयता तीनपटक भेटिसकेका छन् । तर सम्झौता दुबै नेताबीच कहिल्यै हुन सकेन ।