बिरामीका आफन्तलाई धम्क्याउँदै दीपक टिवडेवाल

बिरामीका आफन्तलाई धम्क्याउँदै दीपक टिवडेवाल

काठमाडौं । मृर्गौला रोगबाट पीडित बिरामीलाई सरकारले निःशुल्क प्रदान गर्दै आएको पेरिटोनियल फ्लुडमा अनियमित तवरले रकम असुली गरिरहेका डिके मेडिसेल्सका प्रमुख दीपक टीवडेवालले विरामीका आफन्तलाई धम्क्याउन थालेका छन् । बिगतमा हेमोडायलाइसिस नगर्नुस भन्दै पेटको सर्जरी गरि विमारी आफैँले घरमै गर्ने डायलाइसिस अर्थात, पेरिटोनियल डायलाइसिस गर्न ‘कन्भिन्स’ गर्न विरामीका आफन्तलाई भेट्दै हिँडने टिवडेवालका सहयोगी सञ्जय अधिकारीले अहिले आएर धम्क्याउन थालेका हुन ।

समयबद्ध साप्ताहिकमा समाचार प्रकाशित भएपछि त्यसले समस्या हुनसक्ने निश्कर्ष निकाली टिवडेवालले अधिकारीलाई प्रयोग गरेर धम्क्याउन थालेका हुन । सरकारसँग प्रति प्याकेट चार सय आठ रुपैयाँम औषधी उपलब्ध गराउने सम्झौता गरे पनि विरामीसँग प्रति प्याकेट चार सय ३० रुपैयाँ असुल गर्दै आएका टिवडेवालले अधिकारी मार्फत प्रति प्याकेट चार सय ६० रुपैयाँ पर्नसक्छ, बाहिर बोल्दै नहिँडनुस भनेर विरामीका आफन्तलाई धम्याएको तथ्य समयबद्धले फेला पारेको छ । समयबद्धको सम्पर्कमा आएका विरामीका एक आफन्तले डिके मेडिसेल्सबाट धम्की आएको जानकारी दिएका छन । बिगतमा सरकारसँग सम्झौता गरेकोभन्दा बढी मुल्य किन लिएको ? भनेर प्रश्न गर्ने विरामीका आफन्तलाई अधिकारीले धम्क्याएका हुन । जबकी डिके मेडिकल्ससँग कुनै गुनासो नगरेको बताउने विरामीका एक आफन्तले पेरिटोनियल डायलाइसिसको औषधिमा ठगी हुँदा पनि डिके मेडिकल्सलाई कुनै कारबाही नभएको भन्दै हामीसँग आफु ठगिएको गुनासो गरेका छन् । 

‘बिगतमा हेमोडायलासिस गर्न अस्पताल जानुपर्ने र झञ्झट हुने भएकाले घरमै बसेर पेरिटोनियल डायलाइसिस गर्नुस भन्दै आउने अधिकारी समाचार प्रकाशित भएपछि आक्रोशकासाथ विरामीका आफन्तलाई धम्क्याउन थालेका हुन् । ‘मलाई त धम्की आएको छैन, शायद मैले बाहिर कुरा गर्दिन भनेर होला । तर केही साथीलाई धम्की दिने काम भएको छ ।’ समयबद्धको सम्पर्कमा रहेका विरामीका आफन्तले भने । मृगौलाका एक सय ९० बिरामीमध्ये करीब डेढ दर्जन विरामीका आफन्त यस साप्ताहिकसँग सम्पर्कमा छन् ।

र, उनीहरुको सामुहिक गुनासो छ, सरकारसँग एउटा सम्झौता गर्ने तर सम्झौताभन्दा बढी रकम लिने डिके मेडिसेल्सलाई किन कारबाही हुदैन ? मृगौलाका विरामीहरुलाई हेमोडायलासिस नगरी पेरिटोनियल डायलाइसिस गर्ने व्यवस्था मिलाउन चिकित्सकहरुसँग ‘सेटिङ’ गर्ने र विरामीका आफन्तलाई ‘कन्भिन्स’ गर्ने अधिकारीले औषधि दिन बन्द गर्नेसम्मको धम्की दिने गरेका छन । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका चिकित्सक डा. पुकार श्रेष्ठ, डा. कल्पना श्रेष्ठ लगायतसँग ‘सेटिङ’ भएकाले जसले जति बिरोध गरे पनि आफुलाई केही नहुने भन्दै डिके मेडिसेल्सका कर्मचारीहरुले आरोग्य फाउण्डेसनलाई दोष दिने गरेका छन । ‘फाउण्डेसनमा पनि केही समस्या छन, तर डिके मेडिसेल्सले ठगेर आजित बनाएको छ ।’ विरामीका आफन्तको गुनासो छ । 

यो पनि पढ्नुहोस्

मृर्गौला रोगीको औषधिमा दीपक टीवडेवालको ठगी धन्दा

के गर्दैछ, स्वास्थ्य मन्त्रालय ?

पेरिटोनियल डायलाइसिसको औषधिमा अनियमित तवरले रकम असुल गरेर मृर्गौलाका विरामीहरुलाई थप पिडा दिने गरेको डिके मेडिकल्स सबै काम गोप्य तवरले गर्ने र जहाँ जहाँ समस्या हुन्छ, त्यहाँ त्यहाँ खुसी बनाउन प्रयत्नरत रहने गर्दछ । सरकारसँग सम्झौता गरेकोभन्दा बढी रकम लिएको गुनासो बढेपछि र त्यसले सार्वजनिक बहसको रुप लिएपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले डिके मेडिसेल्सलाई बोलाएर बाहिर धेरै कुरा ल्याएमा समस्या हुने चेतावनी दिएको जानकारी प्राप्त भएको छ । ‘मृगौला रोगीका आफन्त नवनियुक्त स्वास्थ्य मन्त्री भानुभक्त ढकालसम्म पुगेर गुनासो गर्नु अगावै सबै कुरा नमिलाएमा डिके मेडिसेल्सलाई कारबाहीबाट रोक्न कसैले सक्दैन भनेर कर्मचारीहरुले सुझाब दिएको कुरा सञ्जय अधिकारीले एक सहयोगीलाई बताएका छन ।’ समाचार स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पेरिटोनियल डायलाइसिसको औषधीमा डिके मेडिसेल्सले अनियमित तवरले रकम लिएको बिषयमा जानकार छन, तर निहीत स्वार्थपुर्तिका लागि त्यो अनियमित काम रोक्नुको बदला डिके मेडिसेल्सलाई घटना ढाकछोप गर्न सुझाव दिइरहेका छन । स्वास्थ्य मन्त्रालयका धेरै अधिकारीहरु यस बिषयमा थाहा नभएको भनेर उम्कन खोज्छन भने थाहा पाएकाहरु चुप छन । विरामीका आफन्तहरु भने डिके मेडिसेल्सले अनियमित तवरले लिएको रकम हस्तक्षेप गरेर स्वास्थ्य मन्त्रालयले फिर्ता दिलाउन या उसमाथि कारबाही नगर्दासम्म दबाब दिन नछोडने बताउँछन ।

अहिले चुप बसिरहेको स्वास्थ्य मन्त्रालयले कुनै कारबाही नगरेमा बिरामीका आफन्तहरु गृह मन्त्रालयले बिगतमा बैदेशिक रोजगारीमा ठगी गर्ने स्वास्थ्य संस्थाहरुलाई कारबाही गरे जसरी नै कारबाही गराउने बिन्दुमा पु¥याउन लागि परेका छन । गृह मन्त्रालयका एक अधिकारीले पीडितहरुले निवेदन दिएमा कारबाही गरिने जानकारी दिएका छन । स्वास्थ्य मन्त्रालयले कुनै कदम नचालेमा गृह मन्त्रालयमा निवेदन दिने तयारीमा आफुहरु रहेको मृर्गौला बिरामीका आफन्तहरुले बताएका छन् । 

कसरी हुदैछ ठगी ?

पेरिटोनियल डायलाइसिसका बिमारीले ८–८ घण्टाको फरकमा दिनमा तीनपटक डायलाइसिस गर्नुपर्ने हुन्छ । हरेक पटकको डायलाइसिसमा बिभिन्न सामाग्रीहरुको प्रयोग गरिन्छ । प्रत्येक पटकको डायलाइसिसमा एक प्याकेट  CAPD fluid लाग्दछ । यो फ्लुड भने नेपाल सरकारले डायलाइसिसका बिमारीलाई बिक्रेताको माध्यमबाट निःशुल्क प्रदान गर्दछ । सम्झौता अनुरुप नेपाल सरकारले बिक्रेतालाई सो बापतको एकमुष्ट रकम दिने गर्छ र डिके मेडिसेल्सले रकम लिइरहेको छ । डिके मेडिसेल्ससँग प्रति प्याकेट ४०८ रुपैयाँका दरले खरिद गर्ने सम्झौता भए पनि डिके मेडिसेल्सले सम्झौता बिपरित बिरामीहरुसँग थप २२ रुपैयाँ लिएर बिक्री गर्ने गरेको छ ।

कुलेश्वरस्थित डिके मेडिसेल्समा गएका विरामीका आफन्तसँग थप रकम लिएर औषधि मत्र दिने गरिएको छ । सबै निकायलाई मिलाएकाले जसले जे गरे पनि केही फरक नपर्ने भनेर गफ दिने डिके मेडिसेल्सका टिवडेवाल पछिल्लो चरणमा भने विरामीका आफन्तलाई फकाउने र धम्क्याउने दुबै अस्त्र प्रयोग गर्न लागिपरेका छन । नेपालमा पेटबाट आफैँ डाइलायसिस गर्ने बिमारीको संख्या करिब १९० जना छ । समयबद्ध साप्ताहिकबाट