अमेरिकामा पुँजीवाद विरोधी झिल्को सल्किदै

अमेरिकामा पुँजीवाद विरोधी झिल्को सल्किदै

काठमाडौ । अमेरिकी पुँजीवादले आफ्नो विभिन्न हतकण्डका साथ आफ्ना विरोधीहरूलाई देश भित्र र बाहिर विचारको तहमा लडाइ लडदै आएको छ । तर अहिले उसलाई अमेरिकामै विचार फेर्नुपर्ने लडाइ लडनु परेको देखिएको छ । त्यहाँ पुँजीवाद विरोधी झिल्को डेमोक्रेटिक पार्टी भित्र सल्किदै गएको छ ।

गतवर्ष कतिपय घटनाहरूले पुँजीवादको उपयोगिता र त्यसबाट हुने नोक्सानीका सार्वजनिक गरेका कतिपय परिदृश्यले त्यहाँको कुलीन घरानियाँहरूको प्रभावलाई कमजोर बनाइ रहेको देखिएको छ ।धनीहरूमाथि बढी कर लगाउनुपर्ने कुरो प्रमुख रूपमा एजेन्डा बन्न थालेको छ ।

राष्ट्रपति पदको चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूले पुँजीवादका खराब पक्षलाई सामुने ल्याइरहेका छन् ।अहिलेसम्म अमेरिकी जनजीवनको मुख्य सिद्धान्त धन रहेको छ । करिब १०० वर्ष पछि यसमा परिवर्तन भइरहेको देखिएको छ । डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका  प्रमुख दाबेदारहरू बनी सेन्डर्स र उनका प्रतिस्पर्धी एलिजाबेथ वारेनलृ अमेरिकी पुँजीवादलाई परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । उनीहरूले सम्पत्ति कर लगाउनुपर्ने र नीजी स्वास्थ्य बीमालाई समाप्त पार्नुपर्ने धारणाको वकालग गरिरहेका छन् ।
मध्यमार्गी पीट बुटिगिएगले विगत ४० वर्षमा अमेरिका र बेलायतको राजनीतिक आर्थिक क्षेत्रमा नव उदारवादबारे आम धारणा रहेको पाइयो तर यसको  असफलताले राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तालाई राजनीतिमा आउन असवर उपलब्ध गराएको बताए । यसको स्थानमा कुनै राम्रो विकल्पको खोजी गर्नुपर्ने आवश्यकता रहेको छ ।

समाजवाद र बामपन्थीहरूको नयाँ ऊर्जाबाट अर्बपति र ठूला अमेरिकी कम्पनीहरू चिन्तित देखिन्छन् । कतिपय अर्बपतिले पनि पुँजीवादको संकटबारे चिन्ता व्यक्त गर्न थालेका छन् । लगानीकर्ता कम्पनी  ब्रिजवाटर एसोसिएटका अध्यक्ष अर्बपति रे डेलियोले गत अप्रिलमा अमेरिकी पुँजीवाद बढी भन्दा बढी मानिसहरूलाई लाभ पु¥याउन असफल भएकाले राष्ट्रिय आपतकाल अगाडि आएको बताए ।

२०१८को मध्यवाधि चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूले पुँजीवाद विरूद्ध बोल्न शुरू गरेका थिए । न्यूयोर्ककी एलेग्जेन्ड्रिया ओकेसियो कार्टेज प्रमुख रहेकी छिन् । २०१९मा वारेन एन्डरसनले प्रस्तुत गरेको एजेन्डा व्यवसायीहरूको हित विरूद्ध भएकोले वारेन र सेन्डर्स उनीहरूको शत्रुको रूपमा अगाडि देखिएका छन् ।

यसैबीच ढिला गरी न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग डेमोक्रेटिक पार्टीको तर्फबाट आफूलाई राष्ट्रपति पदको उम्मेदवार प्रस्तुत गरेपछि मतदातालाई डेमोक्रेटिक पार्टी पूर्णरूपमा पुँजीवाद विरूद्धको पार्टी नभएको अर्थ लाग्ने देखिएको छ ।

यो वर्षको शुरूमा न्यूयोर्कमा अमेजनले दोस्रो मुख्य कार्यालय खोल्ने योजना बनाएको थियो । स्थानीय सरकारले करोडौं रुपियाको कर छुट दिने घोषणा गरेको थियो । स्थानीयहरूले यो कर छुट विरूद्ध विरोध गरेपछि अमेजनले मुख्यालय खोल्ने योजना खारेज ग¥यो ।

धनीका छोराछोरीलाई घुस लिएर कलेजमा नाम लेख्ने काण्ड सार्वजनिक भयो । पुँजीवादीहरूका आलोचकहरूका अनुसार अमेरिकाको पुँजीवादी प्रणाली वर्षौदेखि सडदै गइरहेको छ ।

जुलाईमा फेसबुकमाथि लगाएको ५ अर्ब अमेरिकी डलरको जरिवाना बारे अमेरिकीहरूको प्रतिक्रिया राम्रो देखिएन । उनीहरूका अनुसार फेसबुकका लागि यो धनराशि डेटाको दुरूपयोगको तुलनामा धेरै थोरै भयो । अर्बपति जेफ्री एपस्टिनले लामो समयसम्म महिलाको यौन शोषणको आरोप सार्वजनिक भयो । पुँजीवाद विरोधी अभियान यी सबैले गर्दा तीव्र बन्दै गएको भएपनि पुँजीवाद समर्थकहरू भने कमजोर भइनसकेको देखिएको छ ।