सभामुख र एमसीसीबारे कुरै नगरी सचिवालय बैठक टुंगियो

सभामुख र एमसीसीबारे कुरै नगरी सचिवालय बैठक टुंगियो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सभामुख चयन र एमसीसीबारे छलफल गर्न नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकोमा यी दुवै विषयमा कुनै खास निर्णय हुन नसकि बैठक टुंगिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय बैठक बसे पनि कुनै निर्णय नभएको बताएका छन् ।

महराले राजीनामा दिएसँगै खाली भएको सभामुख पदमा नेकपाले अहिलेसम्म कसलाई सभामुख बनाउने भनेर निर्णय गर्न सकेको छैन । नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम प्रभावित बनेको छ । सचिवालय बैठकबाट नेकपाले कुनै निर्णय लिन नसकेसँगै ब्यवस्थापिका संसदमा रहेको अन्योलता थप बढ्ने भएको छ ।

यसको साथै एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्नेमा पनि आजको बैठकबाट कुनै निर्णय हुन सकेन । नेकपाभित्र उक्त अनुदान स्वीकृत गर्ने की नगर्ने भन्ने बहस पनि नेकपाभित्र छ ।