कजाख्स्तान विमान दुर्घटनामा कम्तीमा १२को मृत्यु

कजाख्स्तान विमान दुर्घटनामा कम्तीमा १२को मृत्यु

काठमाडौ । शुक्रबार बिहान अल्माटी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको बेक एयर दुर्घटनामा पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

१०० जना यात्रु रहेको त्यो जेट विमान दुई तले भवनमा ठोक्किएर दुर्घटना हुन पुगेको स्थानीय अधिकारीहरू बताएका छन् ।

बेक एयर फ्लाइट २१०० नुर सुल्तानका लागि उडेकोमा उचाइँ लिन नसक्दा एक सानो भवनमा ठोक्किन पुगेको कजाख्स्तानको नागरिक उड्डयन समितिले जनाएको छ ।