भारतको उत्तर प्रदेशका १४ जिल्लामा इन्टरनेट बन्द

भारतको उत्तर प्रदेशका १४ जिल्लामा इन्टरनेट बन्द

काठमाडौ । गत सातादेखि भारतको उत्तर प्रदेशमा नागरिकता संशोधन कानुनको विरोधमा फैलिएको प्रदर्शन हिंसात्मक हुने आंशकामा त्यहाँका १४ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । प्रदर्शनका क्रममा कम्तीमा १७ जनाको मृत्यु भइसकेको छ भने २सय बढी प्रहरी घाइते भएका छन् ।

सरकारी अधिकारीहरूले इन्टरनेट बन्द गरेका महत्वपूर्ण ठाउँहरूमा बुलन्दशहर,मथुरा, गाजियाबाद आगरा लगायतका सहरहरू रहेका छन् । शुक्रबार मुसलमानहरूको साप्ताहिक सामूहिक प्रार्थना हुने भएकाले हिंसा थप भडकिन सक्ने आंशकामा इन्टरनेट सेवा बन्द गरी त्यहाँको सुरक्षा व्यवस्थाकडा पारिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार अर्धसैनिक बल र प्रदेश प्रहरीका अतिरिक्त ड्रोन क्यामराको प्रयोग समेत गर्ने गरिएको छ ।