इरानको परमाणु ऊर्जा प्लान्ट निकट भूइँचालो

इरानको परमाणु ऊर्जा प्लान्ट निकट भूइँचालो

काठमाडौ । इरानको परमाणु ऊर्जा उत्पादन गर्ने कारखाना निकट ५.१ म्याग्निटयुडको भूइँचालो गएको छ । अमेरिकाको जियोलजिकल सर्भेक्षण गर्ने निकाय  युएसजीएसले यस्तो जनाएको हो ।

युएजजीएसले जनाए अनुसार इरानको बुशेहर परमाणु ऊर्जा प्लान्टबाट ५० किलोमिटर टाढा यो भूँइचालोको धक्का आएको  छ ।

इरानको दक्षिण सामुद्रिक किनारालाई हल्लाएको छ । यसको केन्द्र बुशेर परमाणु केन्द्रको पूर्वतिर ५३ किलोमिटर मात्र टाढा रहेको अमेरिकी जियोलजिकल सर्भेक्षणले जनाएको छ ।
यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।