शुक्रबार देखि हिन्द महासागरमा चीन ,रूस  र इरानको संयुक्त सैनिक अभ्यास

शुक्रबार देखि हिन्द महासागरमा चीन ,रूस  र इरानको संयुक्त सैनिक अभ्यास

काठमाडौ । शुक्रबारदेखि हिन्द महासागरमा चीन, रूस र इरानको संयुक्त सैनिक अभ्यास शुरू हुने भएको छ । चीनको रक्षा मन्त्रालयले हिन्द महासागर र ओमान सागरमा शुक्रबारदेखि त्रिदेशीय संयुक्त जल सैनिक अभ्यास शुरू हुने जनाएको हो ।
बेइजिङले यो सैनिक अभ्यासका लागि निर्देशित क्षेप्यास्त्र विनासक ‘सीनिङ’लाई पठाउनेछ ।

सोमबारसम्म चल्ने यो सैनिक अभ्यासले यी तीन देशबीचको जल सैनिक क्षेत्रमा गहिरो सहयोग सम्बन्धलाई दर्शाउने चीनको रक्षामन्त्रालयका प्रवक्ता उ कियानले जनाए । उनका अनुसार तीन देशबीचको सामान्य सैन्य आदानप्रदान अन्तर्राष्ट्रिय कानुन तथा व्यवहारका अधारमा भइरहेको छ । यसलाई क्षेत्रीय अवस्थासँग जोडिएर हेर्नु आवश्यक नरहेको उनले जनाए ।

होरमुजको जलसन्धी ‘स्ट्रेट अफ होरमुज’सँग ओमान सागरको जलमार्ग जोडिएकोले यो विषय विशेषरूपले संवेदनशील मानिएको छ । यो बाटो अरब खाडीलाई समेत जोडने भएकोले यो बाटोबाट विश्वको कुल तेल निकासको २० प्रतिशतको निकाससँग जोडिएको विषय हो ।  यो संयुक्त सैनिक अभ्यास त्यतिखेर भइरहेको जतिखेर अमेरिका र इरानबीचको तनावपूर्ण सम्बन्ध चर्किदै गएको छ ।