कैदी बन्दीले बच्चा जन्माउन पाउने अधिकार दिने विधेयक

कैदी बन्दीले बच्चा जन्माउन पाउने अधिकार दिने विधेयक

काठमाडौ । कैदी बन्दीले बच्चा जन्माउन पाउने अधिकार दिने विधेयक संसद सचिवालयमा दर्ता गरिएको छ ।  जेल जीवन बिताउने दम्पत्तिलाई उनीहरूको प्रजनन अधिकार सुनिश्चित गर्ने गरी यो विधेयक ल्याइएको हो ।

विधेयकमा  कारागार प्रशासकले यस्ता दम्पत्तिलाई एक अर्कासँग भेट गर्न पाउने अनुमति उनीहरूको प्रजनन अधिकार सुनिश्चित गर्न दिन सक्ने गरी प्रावधान राखिएको छ । कैदी बन्दीबीच विवाह गर्न पाउने प्रावधान समेत समावेश गरिएको छ ।

उही जेलमा बन्दी जीवन बिताइरहेका महिला र पुरूषले कानुन अनुसार विवाह गर्ने आवेदन कारागार प्रशासक समक्ष दिएमा उनीहरूलाई यो अधिकार उपलब्ध गराइने प्रावधान राखिएको थियो । साथै जेलमा नरहेका महिला पुरूषले पनि बन्दी जीवन बिताइरहेका व्यक्तिको प्रजनन अधिकार पूरा गर्न पाउने गरी आवेदन दिइएमा सो व्यवस्था गर्न पनि प्रावधान राखिएको छ ।

गर्भवती कैदी बन्दीलाई सन्तान जन्माउनका लागि जेलबाहिर रहेर शिशु जन्माउन पाउने र ६० शिशु जन्मेको ६० दिन पछि जेल फर्किनेगरी सुविधा सहितको व्यवस्था गर्न लागिएको हो । यस्ता गतिविधिको दर्ता गर्न जिल्ला प्रशासन कार्यालयको सिफारिशमा हुने छ ।