भारत पाकिस्तान तनाव चीनले घटाएको दाबी

भारत पाकिस्तान तनाव चीनले घटाएको दाबी

काठमाडौ । भारत र पाकिस्तानबीच बढदै गएको तनाव घटाउन चीनले कुटनीतिक भूमिका खेलेको र चीनले यो वर्ष छिमेक कुटनीतिलाई ध्यान दिएको चिनियाँ विदेशमन्त्रीले जनाएका छन् । पाकिस्तान आधारित जैश ए मोहम्मदले फेब्रुअरीमा ४० जना अर्ध सैनिक बलको ज्यान जाने गरी पुलवामा भएको आत्मघाती आक्रमण पछि भारतले पाकिस्तानको बालकोटमा गरेको हवाइ आक्रमण पछि उत्पन्न दुई देशबीचको तनाव कमगर्न चीनले कुटनीतिक भूमिका खेलेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् ।

त्यतिखेर चीनले उपविदेशमन्त्री कोङ सुआनयुलाई पाकिस्तान पठाएर दुई देशबीचको बढदो तनावलाई कम गर्न प्रयास गरेको उनले जनाए । अमेरिकाको अन्तरिक्ष सेना बाँकी विश्वका लागि खतरा भएको बताउँदै चिनियाँ विदेशमन्त्री वाङले द पिुल्स डेलीलाई यस्तो बताएका हुन् ।

छिमेक कुटनीतिलाई ध्यान दिएर चीनले राष्ट्रपति सी चिनिफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको दोस्रो अनौपचारिक शिखर सम्मेलन सम्पन्न गरेको र यो वर्ष छिमेक कुटनीतिलाई बलियो बनाएको उनले जनाए । सी र मोदीबीच साढे पाँच घन्टा बराबरको वन टु वन छलफल भएको थियो ।

दुई नेताबीच तेस्रो अनौपचारिक शिखर सम्मेलन सन् २०२०मा गर्ने सहमति भएको जनाउँदै उनले व्यापार घाटा घटाउन दुई देशबीच उच्च स्तरीय आर्थिक व्यापार संवाद संयन्त्र बनाउने सहमति भएको जनाए  । भारतको ९५.५ अर्ब अमेरिकी डलर बराबरको कुल व्यापार घाटा मध्ये चीनसँग मात्रै व्यापार घाटा गत वर्ष ५७ अर्ब अमेरिकी डलर बराबरको रहेको थियो । चीन भारत ७०औं दौत्य सम्बन्धलाई सन् २०२०मा ७० गतिविधि गरी मनाउने कार्यक्रम रहेको उनले जनाए ।