सुनको भाउ ह्वात्तै बढ्यो, नयाँ रेकर्ड राख्ने संकेत

सुनको भाउ ह्वात्तै बढ्यो, नयाँ रेकर्ड राख्ने संकेत

फेरी सुनको भाउ लगातार बढ्न थालेको छ। विबहाको सिजन मंसिरमा समेत खासै नबढेको सुनको भाउ पुषको पछिल्लो ३ दिनमै प्रतितोला १ हजार २०० रुपैयाँले बढ्न पुगेको छ।

पुष ९ गते बुधबार सुनको भाउ  तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

                  

अघिल्लो दिन मंगलबार पनि सुन प्रतितोला ३०० ले बढेर ७२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि भदौ १८ गते हालसम्मकै महंगो मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउले फेरी नयाँ रेकर्ड राख्ने संकेत देखिएको हो । 

बुधबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८७५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा सुनको मूल्य तलमाथी हुनमा आन्तरिक कारण भने होइन । सुनको मूल्य प्रभावित हुने मुख्य कारण भनेकै अन्तराष्ट्रिय बजारमा आएको परिवर्तननै हो । अन्तराष्ट्रिय शेयरबजार, ब्याजदर, अमेरिका र अरु शक्ति राष्ट्रहरु विचको सम्बन्ध, अन्तराष्ट्रिय ब्यापार, युद्ध जस्ता र अमेरिकी डलर र भारतीय मुुद्राको विनिमयदर समेतले प्रभावि गर्ने गर्दछ । 

यसैपनि नेपाली सुनबजारमा भने पुष महिना अफ सिजन हो, त्यसमाथि पनि मूल्य बढ्दै गएपछि कारोबारमा मन्दी छाएको छ । तिहारको बेलादेखि मंसिर अन्तिमसम्म सन्तोषजनक कारोबार भइरहेको बताउँदै आएका व्यवसायीहरु अहिले भने कारोबारमा गिरावट भएको बताएका छन् ।