सरकारबाट उपेन्द्र यादवको राजीनामा

सरकारबाट उपेन्द्र यादवको राजीनामा

काठमाडौं, ८ पुस । उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

संघीय समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेका हुन् । उनीसँगै शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले पनि पदबाट राजिनामा दिएका हुन्। सरकारमा सहभागी हुँदा भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नै नदिएपछि सरकार छाडेको समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले बताए ।

आफुहरुसँग गरिएको दुईबुँदे सम्झौताबाट सरकार पछि हटेको भन्दै राजीनामा दिएको उनले बताए ।

सरकार दुईबुँदे सहमतिबाट पछि हटेको र सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएकाले राजिनामा दिएको मन्त्री यादवले दिएको राजीनामा पत्रमा उल्लेख छ ।