कालापानी कुटनीतिक नोटको भारतीय जवाफ

कालापानी कुटनीतिक नोटको भारतीय जवाफ

काठमाडौ । नेपालले कालापानीमा सीमा मिचेको विषयबारे पठाएको कुटनीतिक जवाफ भारतबाट पाएको छ । नेपालले मंसिर ४मा भारतलाई एक कुटनीतिक नोट पठाएको थियो । भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कालापानी भारतीय सीमा भित्र राखेकोमा विरोध जनाउँदै नेपाल समक्ष कुटनीतिक तवरले विरोध जनायो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले भारतलाई पठाएको कुटनीतिक जवाफ आएको सार्वजनिक गरेका हुन् । तर भारतले पठाएको जवाफको विवरण भने ज्ञावालीले सार्वजनिक गरेका छैनन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरू अनुसार भारतीय अधिकारीहरूले यसअघि राख्दै आएको कुटनीतिक बोलीमा सो कुटनीतिक नोट प्रति प्रक्रिया जनाइएको हो ।

नेपालले कुटनीतिक नोटमा यसबारे छलफल गर्न विदेश सचिवस्तरीय बैठकको माग गरिएको थियो । तर भारतीय पक्षले आपसी सहजताका आधारमा वार्ताको मिति तय गर्ने प्रस्ताव सहितको प्रतिक्रिया आएको हो । भारतले गत कार्तिक १६ गते नयाँ नक्शा सार्वजनिक गरेको थियो ।

भारतको जम्मु काश्मिरलाई अधिग्रहण गरेर यसलाई दुई पारेको लद्दाखलाई छुट्टै पारेको दर्शाउँदै सो नक्शा सार्वजनिक गरिएको थियो । भारतको सो नक्शामा कालापानी भारतमा गाभिएकोमा नेपालमा विरोध प्रदर्शनहरू भए । त्यसपछि नेपालले भारतले कुटनीतिक नोट पठाएको थियो । भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले नयाँ नक्शा नभएर पुरानै संस्करणको भएको दाबी गरेका थिए ।