काठमाडौंका बिभिन्न स्थानबाट ९० भन्दा बढी  चिनियाँ नागरिक पक्राउ

काठमाडौंका बिभिन्न स्थानबाट ९० भन्दा बढी  चिनियाँ नागरिक पक्राउ

काठमाडौं, ७ पुस । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ९० जना भन्दा बढी जना चिनियाँ नागरिक पक्राउ गरेको छ । शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

काठमाडौका मनमैजु‚ बाँसबारी, बुढानिलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ। घरभाडामा लिई शंकास्पद गतिविधि गरिरहेको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

उनीहरुको बारेमा थप अनुसन्धन भइरहेको जनाइएको छ ।