प्रचण्डको प्रतिवेदन पारित गर्दै नेकपा स्थायी कमिटी बैठक सम्पन्न

प्रचण्डको प्रतिवेदन पारित गर्दै नेकपा स्थायी कमिटी बैठक सम्पन्न

काठमाडौं, ६ पुस । एक सातादेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आइतवार सम्पन्न भएको छ ।

पार्टीको भावी रणनीति, सरकारको समीक्षासहितका विषयमा केन्द्रित भएर बसेको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सकिएको हो।
बैठकबाट महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पारित भएको छ। यो बैठकले आगामी पुस २३ गते केन्द्रीय कमिटी बैठक पनि बोलाउने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले पार्टी एकताका बाँकी रहेका काम १५ दिनमा सक्ने निर्णय लिएको छ। यो बैठकले अमेरिकाको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) उसकै सैन्य रणनीति इन्डोप्यासिफिक अन्तर्गतको भए नभएको निर्णय लिने जिम्मा पार्टी सचिवालयलाई दिएको छ।

विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी पारित गरिएको छ, उनले भने, ुएमसीसीलाई इन्डो प्यासिफिकको अंग नभएको अमेरिकाले पुष्टि गरेमा यसको पक्षमा जाने शर्तसहित पार्टीको धारणा बनाउने जिम्मा सचिवालयलाई प्रदान गरिएको छ।ु