भारतमा इन्टरनेट सेवा अझै बन्द रहने

भारतमा इन्टरनेट सेवा अझै बन्द रहने

काठमाडौं । भारतमा पारित भएको नागरिकता कानुन संशोधन(सीएए) विरूद्ध जारी रहेको विरोध प्रदर्शनका कारण इन्टरनेट सेवामा लगाइएको प्रतिबन्ध अझै जारी रहने भएको छ ।

विरोधको बलियो आधार क्षेत्रमा लगाइएको इन्टरनेट प्रतिबन्ध जारी रहने छ । भारत सरकारले नयाँ दिल्लीको मेट्रो बन्दलाई पनि खुलाउने आदेश नदिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेकाछन् ।

राजस्थानको जयपुरमा बिहान ६ बजेदेखि बेलुका ८बजेसम्म आइतबार इन्टरनेट सेवा बन्द रहने जनाइएको छ । ‘जामिया तेर खून से इनक्लाब आएगा ’पोस्टर लिएर जयपुरमा विरोध प्रदर्शन गरिएको थियो । 
जयपुरको कमिसनरले इन्टरनेट सेवा बन्द रहने आदेश जारी गरेका हुन् । यसैगरी जयपुर मेट्रो रेल सेवा पनि बन्द रहने जनाइएको छ ।